बिर्तामोड । उदयपुरको ब्रदरहुड फुटबल क्लब बिर्तामोडमा जारी ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा झापाको जलथल फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्रदरहुडले अन्तिम चारको यात्रा तय गरेको हो ।

​प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ब्रदरहुड आक्रामक देखिएको थियो । खेलको ४७ औं मिनेटमा अमन लामा र ५८ औं मिनेटमा सविन घिमिरेले गोल गर्दै ब्रदरहुडलाई २–० को अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा जलथलका ओशिन राईले गोल गर्दै अन्तर घटाउने प्रयास गरे पनि ७६ औं मिनेटमा गोलकिपर समिर लिम्बू रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जलथल १० खेलाडीमा सीमित भयो । अतिरिक्त समयमा निरज परियारले गोल गरेपछि ब्रदरहुडको जित सुनिश्चित भएको थियो ।

​खेलको ‘म्यान अफ द म्याच’ ब्रदरहुडका अमन लामा घोषित भए । बुट्टाबारी युनाइटेडको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल वैशाख १२ गते हुनेछ । विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । मङ्गलबार धरानको फेयर फुटबल क्लब र कचनकवलको बगान युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार