झापा । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि झापाका पूर्वी सीमानाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान नसकिउन्जेलसम्मका लागि काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको हो।

​जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार पश्चिम बङ्गालमा वैशाख १० गते हुने विधानसभा चुनावका कारण सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाका बन्द गरिएको हो। विगतमा पनि दुवै देशमा निर्वाचन हुनुअघि आपसी सहमतिमा नाका बन्द गर्ने प्रचलन रहँदै आएको छ।

​’बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिए पनि मानवीय संवेदनाका आधारमा केही विशेष अवस्थामा भने छुट दिइने भएको छ। उपचारका लागि जानुपर्ने बिरामी र अति जरुरी कामका लागि हिँडेका व्यक्तिहरूले आफ्नो परिचय पत्र देखाएर सीमा पार गर्न पाउनेछन्। यस्तै नेपाल र बङ्गलादेशका पर्यटकको हकमा पनि आफ्नो मुलुक फर्कनका लागि आवश्यक कागजपत्र देखाएमा भारतीय प्रशासनले आवतजावतमा सहजीकरण गरिदिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार