समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

कचनकवल गाउँपालिकाबाटै कर सेवा सुरु हुने, झापामा पहिलो अभ्यास

बनियानी, झापा झापाको कचनकवल गाउँपालिकाले जिल्लामै पहिलोपटक स्थानीय तहको कार्यालयबाटै आन्तरिक राजस्व सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ।

Advertisement

गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको उपस्थितमा प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले आन्तरिक राजस्व कार्यालय चन्द्रगढीसँग गर्नुभएको सम्झौता (MOU) अनुसार आगामी २०८३ वैशाख १६ गतेदेखि यो सेवाको औपचारिक शुभारम्भ हुन लागेको हो।

Advertisement

यसअघि साविकमा आन्तरिक राजस्व कार्यालय चन्द्रगढी पुगेर लिनुपर्ने सेवाहरू अब नागरिकले आफ्नै गाउँपालिकाको कार्यपालिका कार्यालयबाट सहजै प्राप्त गर्न सक्नेछन् उपाध्यक्ष भट्टराईले भन्नुभयो।

​नयाँ व्यवस्था अनुसार गाउँपालिकाले स्थानीय क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) र व्यावसायिक संस्थाहरूलाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) जारी गर्नेछ। यसैगरी मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता हुन चाहने व्यवसायीहरूको कागजात रुजु गरी सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने कार्य समेत अब गाउँपालिकाबाटै हुने प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो।

भएको छ।अन्तःशुल्क इजाजतपत्र लिनुपर्ने वा नवीकरण गर्नुपर्ने व्यवसायीहरूका लागि आवश्यक प्रक्रिया पुर्‍याई इजाजतपत्र प्रदान गर्ने कार्यमा पनि गाउँपालिकाले प्रत्यक्ष भूमिका खेल्नेछ।

​करदाताहरूका लागि महत्वपूर्ण मानिने कर चुक्ता प्रमाणपत्र वितरण र दर्ता विवरणमा गर्नुपर्ने संशोधनका कार्यहरू समेत अब स्थानीय तहमै उपलब्ध हुनेछन्। साथै कर कानुन र प्रक्रियाका बारेमा नागरिकलाई सुसूचित गराउन उद्योग वाणिज्य संघ र राजस्व कार्यालयको सहकार्यमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रमहरू समेत सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।

गाउँ पालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी ,उपाध्यक्ष भट्टराई र प्रमुख प्रशासकीय अधिकृत पोख्रेलको यो सक्रियतासँगै कचनकवलवासीले सामान्य कर सम्बन्धी कामका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। यस ऐतिहासिक कदमले स्थानीय व्यवसायी र सर्वसाधारणको समय र खर्च बचत गर्दै स्थानीय सरकारको उपस्थिति घरदैलोमै पुर्‍याएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article