काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बालेन शाहको कार्यशैली र संवैधानिक परिषद्को पछिल्लो निर्णयप्रति कडा आपत्ति जनाएकी छन्। प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता मिचेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएको विषयलाई लिएर उनले सार्वजनिक रूपमै आक्रोश पोखेकी हुन्।

​शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवस विशेष कार्यक्रममा सहभागी हुन पुगेकी कार्कीले सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा आफ्नो असन्तुष्टि व्यक्त गरिन्। सो क्रममा सञ्चारकर्मी दिवाकर साहले उनलाई ‘आमा’ भनी सम्बोधन गर्दा उनी एकाएक आक्रोशित बनेकी थिइन्। कार्कीले तत्काल ‘कसले आमा भनेको’ भन्दै प्रतिप्रश्न गरेकी थिइन्। सञ्चारकर्मी साहले ‘मैले भनेको’ भनी जवाफ दिएपछि कार्कीले कटाक्ष गर्दै ‘तिमीहरूको आमा नै फेरिइसक्यो’ भन्दै जवाफ फर्काइन्।

​जवाफमा साहले ‘केही फरक पर्दैन, आमा फेरिँदैन’ भन्दै उनलाई थुमथुम्याउन खोजेका थिए तर कार्की थप आक्रामक देखिइन्। उनले प्रधानमन्त्री बालेन शाहप्रति सिधा प्रहार गर्दै ‘बालेनको श्रीमतीलाई आमा भन अब’ भन्दै कडा टिप्पणी गरिन्। साहले पुनः ‘तपाईं त देशकै आमा हो’ भन्दै सम्मान प्रकट गर्न खोज्दा कार्कीले ‘होइन, होइन’ भन्दै हात हल्लाएर त्यहाँबाट बाहिरिएकी थिइन्।

​संवैधानिक परिषद्ले हालै प्रधानन्यायाधीशमा चौथो वरीयतामा रहेका डा. मनोजकुमार शर्मालाई नियुक्त गर्न सिफारिस गरेपछि न्यायिक क्षेत्रमा तरंग पैदा भएको छ। वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशहरूलाई पन्छाएर कनिष्ठलाई सिफारिस गरिएको विषयलाई कार्कीले न्यायपालिकामाथिको हस्तक्षेपका रूपमा लिएकी छन्। शनिबारको उनको यो व्यवहारले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस र प्रधानमन्त्रीको भूमिकाप्रति उनको गहिरो असन्तोष रहेको प्रष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार