दुर्गेश माष्टर साहेव ( नाम परिवर्तन ) कुनै एक समय चर्चित अग्रेजी पढाउने सर साच्चै नै हजारौ विद्यार्थिका लोकप्रीय गुरु थिए । उनले विध्यालय र ट्युसन पढाएर हजारौ विद्यार्थिको भविष्य निर्माण गरि दिएका थिए । दुर्गेस माष्टर साहेब ३५ वर्षे हँसमुख युवक, अंग्रेजीमा स्नातक, अध्यापन कार्यमा निपुण, माध्यमिक तहमा अंग्रेजी पढाउने शिक्षक थिए । उनीसँग ट्युसन पढन विध्यार्थीहरु पालो पर्खन्थे । उनका कारण माध्यामिक तहमा अध्यायन गर्न विध्यार्थिहरुको चाप नै हुने गदर्थ्यो । माष्टर साहेबले छोटो समयमा विध्यालयमा र दुई तीन सिफ्टट्युसन पढाएर अत्यन्त प्रख्यात पनि भए , आर्थिक जोहो पनि राम्रो बनाउन सफल भए ।
तर के कुन कारणले हो माष्टर साहेब मद्यपान ( रक्सी ) सेवनको कुलतमा फँस्न सुरु गरे बिस्तारै – बिस्तारै सेवनको क्रम तिब्र र बक्लो भयो । मद्यपान( रक्सी ) सेवन कुनै समय पर्खनु परेन , सुर्य उदाउनु अस्थाउनु सँग मतलव हुन छोड्दै गयो । विध्यालय जानू पुर्व नै १/२ क्याटर पिएर मात्र जाने काम सुरु भयो । यो खवर ज्यामितिय हिसाबमा सबै तिर फैलन सुरु भयो ।
उनको यो एउटै अवगुणका कारण विद्यालय व्यवस्थापन समिती प्रधानाध्यापक र विध्यार्थी हरु वाक दिक्क हुन थाले कक्षामा साह्रै नै अनियमित हाजिर हुने कहिलेकाहीं त हप्तैभरि गयल भइदिन थाले बारम्बार सचेत गराउँदा पनि सुध्रिने छाँट आएन । उनको त्यो बानीले त्यही विद्यालयमा प्रा बि तहकि शिक्षक उनकी श्रीमती समेत यस्तो व्यवहारका कारण कायल भईन । उनको परिवार अस्तव्यस्त हुँदै गयो ।घर पाएको शिक्षक जागिर बाट राजिनामा दिन लगाए । ट्युसन पनि बन्द भयो । चाइनामा डाक्टरी पढी रहेको छोरा पैसाको अभावमा पढाइ पूरा नभई फर्कियो । खर्चकै अभावमा विएस सि नर्शिङ्ग पढदै गरेकी छोरी काठमाण्डौ बाट घर फर्किन । माष्टर साहेब बिमारी परि गाउँमा भएको घर जग्गा विक्री गरि उपचारमा खर्च गरियो ,रकम त सकियो तर माष्टर साहेब ठिक भएनन । अल्प आयुमै घर परिवार सबै लाई शून्य बनाएर सदाको लागि भौतिक शरीर बिदा भयो ।
आज भोलि सबैले उहाँ को बारेमा भन्ने गर्दछन , यी सबको मूल कारण उनको मद्यपान ( रक्सी ) रहेछ । रक्सी सेवन दैनिकी नै बनिसकेको रहेछ उनको । अत्यधिक मद्यपान गरेको भोलिपल्ट उनी स्कूल नजाने गर्दा रहेछन् । तलब हात परेको दिन त साथीभाइसँग लागेर उनी मद्यपान गरेरै रात कटाउँदा रहेछन्, कहिलेकाहीं त चार–पाँच दिन नै यो क्रम चल्दोरहेछ ।
रक्सीको लत छुटाउन उनलाई परिवारले अस्पतालमा भर्ना नगरेको पनि होइन । कलेजो खराब भइसकेको भनेर डाक्टरले चेतावनी पनि नदिएका होइनन् । छोराछोरीले रोइकराइ पनि नगरेका होइनन् तर उनको त्यो दैनिकीमा सुधार आउन भने सकेन । विद्यालयमा अनियमित भइदिंदा विद्यार्थीको पढाइमा असर परेको त छँदै नै थियो उनको पेशागत क्षमतामा समेत ह्रास आइरहेको थियो । छोटो समयमा चर्चित भए सबै को आँखा को नानी बने तर केवल क्षणिक रहेछ भनी गाउँ समाज साथी भाइ कुरा गर्दछन । श्रीमती भन्ने गर्द्छिन गहभरी आँसु झार्दै मद्यापान को लत ले यस्तो अवस्था निम्त्यायो ।
माथिको व्यक्ति–चित्रले मद्यपानजन्य समस्यालाई यथार्थमा प्रष्ट्याएको छ । मद्यपानले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा त ठूलो प्रभाव पार्दछ नै, यसले पारिवारिक, सामाजिक एवं व्यावसायिक जीवनलाई दर्दानक अवस्थामा पुग्ने छ।
आज प्रत्येक पाँच घर मध्ये दुई घरमा समस्या भित्रीन पुगेको छ ।बेलामा मद्यपान नियामन नगरे विकाराल समस्या देखा पर्ने छ ।

इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
भद्रपुर ७ चन्द्रगढी झापा
















