झापा, ६ जेठ ।झापाको बिर्तामोडबाट नियन्त्रित अवैध लागुऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित सयपत्री टोलबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार सयपत्री टोल निवासी रत्न कुमारी श्रेष्ठको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट बसपार्कबाट विशेष टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले उक्त घरमा गई खानतलासी गर्दा घरधनीकी २६ वर्षीय छोरा रोहित श्रेष्ठ र बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने २६ वर्षीय सुनिल दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका दुवै जनाको साथबाट प्लास्टिक बाहेक ६.५ ग्राम (साढे ६ ग्राम) अवैध लागुऔषध बरामद भएको छ। लागुऔषधसहित नियन्त्रणमा लिइएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।AI बाट निर्मित तस्बिर

















