झापा , असार ८। झापाको गौरीगंजमा सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंज गाउँपालिका–४ बाईसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेकी छन् ।
इलाका प्रहरी कार्यालय खजुरगाछीका अनुसार शनिबार बेलुकी साढे ६ बजे आफ्नै घरको कुखुराको खोरको ढोका लगाउने क्रममा इँट्टाको चाङबाट निस्किएको विषालु सर्पले शेर्माको दाहिने हातको औंलामा टोकेको थियो ।
गम्भीर घाइते शेर्माको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शनिबार राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
3
+1
















