हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

बिर्तामोडमा टिपरको ठक्करबाट घाइते वृद्धाको उपचारका क्रममा मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि टिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। बिर्तामोड–३ निवासी ७० वर्षीया पैदल यात्री लिलामाया बुढाथोकीको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

​प्रहरीका अनुसार हिजो साँझ ६:३५ बजेतिर बिर्तामोड–भद्रपुर पक्की सडकखण्ड अन्तर्गत दृष्टि आँखा अस्पताल अगाडि बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले पैदल हिँडिरहेकी बुढाथोकीलाई ठक्कर दिएको थियो। दुर्घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

Advertisement

​घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले दुर्घटनामा संलग्न टिपर र कचनकवल–५ का २१ वर्षीय चालक जावेद आलमलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक र सवारी साधनमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)