समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

बिर्तामोडमा लायन्स क्लब जोन–३ को प्रथम जोन प्लानिङ बैठक सम्पन्न: ‘मानव सेवा आश्रम भवन निर्माण परियोजना’ पारित

बिर्तामोड । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ C अन्तर्गत रिजन–२, एरिया–१ को जोन–३ को वर्ष २०२६/२७ को प्रथम जोन प्लानिङ बैठक शुक्रबार बिर्तामोडस्थित होटल सिपीमा सम्पन्न भएको छ।

Advertisement

​जोन चेयरपर्सन लायन भुवन खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले सामाजिक सेवा, नेतृत्व विकास तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गर्दै आगामी कार्ययोजना तय गरेको छ।

Advertisement

​कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित एडिसनल क्याबिनेट सेक्रेटरी लायन रोशन बुढाथोकीले लायन्सको सेवामूलक अभियानलाई थप उचाइमा पुऱ्याउनुपर्नेमा जोड दिए।

​बैठकले लायन्स क्लब अफ कन्काई सुरुङ्गाद्वारा प्रस्तावित ‘मानव सेवा आश्रम भवन निर्माण परियोजना’ सर्वसम्मत रूपमा पारित गरेको छ। उक्त निर्णयलाई सामाजिक सेवाप्रतिको सामूहिक प्रतिबद्धताको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। जोन चेयरपर्सन खतिवडाका अनुसार सो प्रस्तावलाई आगामी डिस्ट्रिक्ट क्याबिनेट बैठकमा पेश गरिनेछ।

​बैठकमा GET डिस्ट्रिक्ट कोर्डिनेटर लायन मनोज बस्नेत, GMT डिस्ट्रिक्ट कोर्डिनेटर लायन डम्बर थापा (साजन), डिस्ट्रिक्ट चिफ AOG लायन सत्यनारायण शर्मा, डिस्ट्रिक्ट चिफ मार्केटिङ कोर्डिनेटर लायन शैलेन्द्र कुरुङ्मावाङ, PRO लायन रूपनारायण खतिवडा, न्यु भ्वाइस क्लब एक्सटेन्सन कोर्डिनेटर लायन पार्वता गिरी, डिस्ट्रिक्ट चिफ सिनियर एड्भाइजर लायन राजेश दाहाल र रिजन–२ की रिजन चेयरपर्सन लायन शर्मिला जोशी लगायत विभिन्न क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

​त्यसैगरी लियो क्लब अफ अनारमनी तथा लियो क्लब अफ कन्काई दुर्गापुरसहित जोन अन्तर्गतका लियो क्लबहरूको समेत सक्रिय सहभागिता रहेको थियो। बैठकमा लायन्स र लियोबीचको सहकार्यलाई सुदृढ बनाउँदै सेवामूलक गतिविधिलाई संयुक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो।

​वर्ष २०२६/२७ का लागि जोन अन्तर्गत सञ्चालन गरिने सेवामूलक कार्यक्रम, सदस्यता विस्तार, नेतृत्व विकास तथा क्लबहरूबीचको आपसी समन्वयलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

​होस्ट क्लब लायन्स क्लब अफ कन्काई दुर्गापुरका प्रथम उपाध्यक्ष लायन ईश्वर सुवेदीले कार्यक्रमको सञ्चालन तथा उद्घोषण गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article