स्वास्थ्य
हल्दिबारी संवाददाता ५ घण्टा अगाडि

हल्दीबारीकी प्रमिला राजवंशीको जापानीज इन्सेफलाइटिसबाट मृत्यु

हल्दिबारी (झापा) — जापानीज इन्सेफलाइटिस सङ्क्रमणका कारण गम्भीर बिरामी परेकी झापा हल्दीबारी गाउँपालिका–२ कदमचोककी प्रमिला कुमारी राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

​प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्ष (ICU) मा उपचाररत राजवंशीको अस्पता चिकित्सकहरूको अथक प्रयासका बाबजुद निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

Advertisement

​क्युलेक्स प्रजातिको (सेतो) लामखुट्टेको टोकाइबाट हुने जापानीज इन्सेफलाइटिसको सङ्क्रमण देखिएपछि उनलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो। हल्दीबारी उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण प्रसाईंका अनुसार चिकित्सकहरूले बचाउन हरसम्भव प्रयास गरे पनि उनको अवस्था निरन्तर जटिल बन्दै गएको थियो।

​नेपाली काङ्ग्रेसकी सक्रिय कार्यकर्ता तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहन कुमार राजवंशीकी श्रीमती प्रमिला सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील थिइन्।

​उनको पार्थिव शरीरलाई भोलि स्थानीय देउनिया पाराखोपी विश्रान्ति घाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article