हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

कविता : गाईजात्रे व्यङ्ग्य

“निलम्बन गरौं कि फेरौं गिदी!?”
अब त निलम्बन गरौं सदा डाक्टरका गिदी,
अहिलेसम्म डाक्टर अर्थमन्त्री भए, त्यो विधि।
देशै बनाउन नसक्ने कस्ता अर्थमन्त्रीका गिदी,
किड्नी फेरेझैँ गिदी फेर्ने छैन कुनै प्रविधि!?

Advertisement

अहिले प्रयोगमा ल्यायौ, हालीले नयाँ प्रविधि,
गिदी जति निकाली, खरानी भरेर नयाँ प्रविधि।
देश जस्ताको तस्तै छ, अहिलेसम्म बन्न सकेन,
त्यसैले फेल खायो अब त यो खरानी प्रविधि!

Advertisement

अब पनि देश बन्दै बनेन, खोजौं नयाँ प्रविधि।
अब नि देश बनाउने भए हालौं घोडाको लिदी।
ठूल्ठूला टाउकाहरूले बनाउन सकेनन् भने त,
खरानीमा घोलेर प्रयोग गरौं है गधाको गिदी!

गधा सानो भए नि त भारी बोक्छ, त्यो विधि।
देश बनाउने नै भए राम्रो गधा प्रयोगको गिदी।
गोलमेच सम्मेलन गर्न जरुरी छ छलफल गर्न,
निलम्बन गरेर देश बन्ला कि फेर्नुपर्ला गिदी?

दुविधामा सरकार, फेरौं कि गिदी भन्ने विधि।
डाक्टर नै निलम्बन गर्ने कि फेर्ने उनको गिदी?
हात्ती बलियो कि हात्ती छाप? चल्यो फेरि बहस यही।
गोल्डस्टारझैँ टिकाउ होस् देश बनाउने प्रविधि।

कविता कसैसँग मेल खाए केवल संयोग मात्रै मान्नु होला क्षमा प्रार्थी छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)