समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

ग्रामीण क्षेत्रमा कार्यरत पत्रकारका लागि ग्रामीण प्रेस क्लब झापाको सदस्यता खुला

झापा, साउन २० — ग्रामीण क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था ग्रामीण प्रेस क्लब झापाले नयाँ सदस्यताका लागि आवेदन खुला गरेको छ।

Advertisement

​क्लबले झापाका ग्रामीण क्षेत्रमा कम्तीमा दुई वर्षदेखि पत्रकारितामा सक्रिय रूपमा कार्यरत पत्रकारहरूलाई सदस्यता लिन आह्वान गरेको हो। इच्छुक पत्रकारहरूले संस्थाले उपलब्ध गराएको सदस्यता फारम भरी आवश्यक कागजातसहित अनलाइन तथा भौतिक रूपमा आवेदन दिन सक्ने जनाइएको छ।

Advertisement

​२०८२ साल माघ २८ गते जिल्ला प्रशासन कार्यालय, झापामा आधिकारिक रूपमा दर्ता भएको ग्रामीण प्रेस क्लब झापाले स्थापनापश्चात् समाज कल्याण तथा सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै दुईवटा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

​ग्रामीण क्षेत्रका पत्रकारहरूको पेसागत सुरक्षा, क्षमता अभिवृद्धि, एकता र हकहित संरक्षणलाई प्राथमिकतामा राखेर क्लबले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। यही उद्देश्यलाई थप प्रभावकारी बनाउन योग्य पत्रकारहरूलाई संस्थासँग आबद्ध भई सदस्यता लिन क्लब परिवारले आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article