समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

साउनको दोस्रो सोमबार असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माद्वारा भगवान् शिवको पूजा- अर्चना


गुवाहाटी। साउन महिनाको दोस्रो सोमबारको अवसरमा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले भगवान् महादेवको पूजा-अर्चना गर्दै समस्त राज्यवासीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ। मुख्यमन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भक्तिभाव व्यक्त गर्दै उक्त सन्देश साझा गर्नुभएको हो।

Advertisement

उहाँले साउन महिनाको प्रत्येक सोमबार भक्ति र श्रद्धाका साथ भगवान् शिवको स्मरण गर्ने एउटा पवित्र अवसर भएको उल्लेख गर्नुभएको छ।

Advertisement

यस शुभ दिनमा महादेवको चरणमा शीश झुकाउँदै बाबा भोलेनाथको आशीर्वादले प्रत्येक असमवासीको जीवनमा शान्ति, मङ्गल र समृद्धि छाओस् भनी उहाँले कामना गर्नुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article