समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

हल्दीबारीका विद्यार्थीलाई अष्ट्रेलियाबाट सहयोग : छात्रालाई २५ हजार नगद र ५० जनालाई शैक्षिक सामग्री

झापा । अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरूको सहयोगमा हल्दीबारीस्थित एक छात्रालाई २५ हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरिएको छ। साथै, सोही विद्यालयका ५० जना विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।

Advertisement

​हल्दीबारी गाउँपालिका–४ स्थित दिपेन्द्र आधारभूत विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच कक्षा ८ की छात्रा सन्ध्या रजकलाई २५ हजार रुपैयाँ नगद हस्तान्तरण गरियो। सोही अवसरमा विपन्न परिवारका ५० जना बालबालिकालाई जुत्ता, मोजा र टाई वितरण गरिएको छ।

Advertisement

​अष्ट्रेलियाको क्विन्सल्यान्डमा रहेका नेपाली मूलका नारद कट्टेल, दिपक गौतम र टंक कार्कीले सो सहयोग उपलब्ध गराएका हुन्। गत साता हल्दीबारी जेसीजद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान हासिल गरेकी रजकको प्रस्तुति सामाजिक सञ्जालमा देखेका उनीहरूले छात्राको अध्ययनमा प्रोत्साहन पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको विद्यालयका शिक्षक केशव चुडालले जानकारी दिए। उनका अनुसार सहयोगी दाताहरूले रजकलाई आगामी चार वर्षसम्म वार्षिक २५ हजार रुपैयाँका दरले छात्रवृत्ति निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्।

​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दीबारी गाउँपालिका–४ का वडाध्यक्ष सन्त थापा मगर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष मगरले विद्यालयको शैक्षिक प्रगतिका पछाडि शिक्षकहरूको ठूलो योगदान रहेको उल्लेख गर्दै बालमैत्री वडा निर्माणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

​त्यस्तै, विव्यस अध्यक्ष मेचेले वैदेशिक रोजगारीका क्रममा अष्ट्रेलियामा रहेर पनि स्थानीय बालबालिकाको शिक्षामा सहयोग पुर्‍याएकोमा दाताहरूलाई धन्यवाद ज्ञापन गरे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article