चेतनाको ज्योतिले अन्धविश्वास हट्छ,
ज्ञानको ढोका खुल्दा मिथ्याहरू छुट्छ।
धामी झाँक्रीको भरमा कहिलेसम्म बाँच्ने हो,
आफ्नै विवेकलाई किन पर सार्ने हो?
पत्थरमा होइन, कर्ममै भगवान हुन्छ,
सत्यको बाटो हिँडे जीवन महान हुन्छ।
एक दियो बले हजार अँध्यारो टर्छ,
एक चेतना जगे सारा समाज फेर्छ।
भाग्यलाई दोष दिएर अब हुँदैन,
पसिना पोखी आफ्नै खुट्टामा उभिनुपर्छ।
रुढीको जालो च्याती तर्कले हेर्नुपर्छ,
सत्यतामा अडिग रही अघि बढ्नुपर्छ।
सकारात्मक सोच बिना मुलुक बन्दैन,
नकारात्मक सोच बोके मान्छे बन्न सकिन्न।
विद्रोही स्वभाव त्यागी विनम्र बन्न सिकौं,
सेवा गरेरै जीवनमा खुसी हुन सिकौं।
कुलत र दुर्व्यसनलाई जरैदेखि फालौं,
एकता र सद्भावको बीउ आजै हालौं।
एक मन, एक चित्त, एकै साथ हिँडौं,
चेतनाको दियो बाली, देशै उज्यालो पारौं।
चेतनाको दियो बाली जगाउनै पर्छ,
अँध्यारो चिर्दै उज्यालोतिर लाउनै पर्छ।

इन्द्र प्रसाद ओली
केन्द्रीय अध्यक्ष
चेतना नेपाल परामर्श केन्द्र, विर्तामोड-४, झापा