हेमन्त कुमार मैनाली /हल्दिवारी प्रमुख सम्बादाता

स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ती महिलाको निधन कोरोना भाइरसकै कारण भएको पुष्टि भएको हो।वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी २९ वर्षीय ती महिलाको २५ गते डिस्चार्ज भएको थियो।

  यस्तै   राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार