समाचार
हल्दिबारी संवाददाता २५ मिनेट अगाडि

स्वास्थ्य बीमा नवीकरणमा केवाईसी अद्यावधिक अनिवार्य, डिजिटल भुक्तानी अस्थायी रूपमा स्थगित

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुपूर्व परिवारका सबै सदस्यको ‘केवाईसी’ (ग्राहक पहिचान विवरण) अद्यावधिक अनिवार्य गरेको छ। बोर्डले एक सूचना जारी गर्दै बीमा नवीकरण गर्नुअघि यो प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्ने स्पष्ट पारेको हो।

​केवाईसी अद्यावधिकको अनिवार्यतासँगै हाललाई कनेक्ट आईपीएस, ई-सेवा तथा खल्ती लगायतका डिजिटल माध्यमबाट सीधा बीमा नवीकरण गर्ने व्यवस्था अस्थायी रूपमा स्थगित गरिएको बोर्डले जनाएको छ।

​सम्पूर्ण बीमितहरूलाई बोर्डको आधिकारिक ‘एचआईबी ई-पोर्टल’ मा गएर आफ्नो पुरानो बीमा विवरण प्रविष्ट गरी परिवारका सबै सदस्यको केवाईसी अद्यावधिक गर्न बोर्डले अनुरोध गरेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)