चलचित्रमा देखेको थिएँ
भ्रष्टको दुहुनो गाई लागू पदार्थ
त्यस परम्पराको अपवाद भए
चेतना नेपालका ओली इन्द्र प्रसाद
साथीको कुसंगतले फसेका
किशोर-किशोरीहरू आज
मन्द विष बन्यो लागू पदार्थ,
खाइरहेछ देशको भविष्य हर साँझ
आमा बुबाको सपना खरानी भयो,
सन्तानको लागि सर्वस्व गयो
वृद्धावस्थामा आँसु पिए
मुटुमा आगो सेकाएर बसे।
मायाको नक्कली संसारमा
क्षणिक आनन्द दिने निद्रा।
बिउँझनासाथ फेरि छटपटी,
चिरनिद्रामा पार्ने यो नशा
लोभी पापीहरूको स्वार्थमा,
करोडौं युवा मृत्युको मुखमा
बूढाबूढी चाही शोकको भुंग्रामा,
गाउँ, सहर डुब्यो
लागु पदार्थमा
शिवले कालकूट विष पिए,
प्राणीलाई बचाउन नीलकण्ठ भए
विष, भाङ, धतुरो शिवलाई चढाउने
मान्छेले खाने होइन
भनेर बुझाउने
शिवभूमि, तपोभूमि, जनकभूमि नेपाल,
कंशले बनाए लागूको
केन्द्र विशाल
ओलीले दिए दिव्य दृष्टिमा सन्देश
ज्ञान लिइ यसमा मनन गर्नु बेस
सत्यको पक्षमा अडिग रहने
प्रहरी प्रशासनमा निडर रहने
भ्रष्टको आक्रमणको परवाह नगरी,
लागू विरुद्धको युद्धमा जुट्ने।
युवा जोगिए संसार जोगिन्छ,
शान्ति र समृद्धि त्यहीँबाट आउँछ।
दिव्य दृष्टिमा सत्य छ यही
सूक्ष्म दृष्टिले देखेको त्यही
शान्ता उप्रेती
संयोजक
चेतना साहित्य समाज
झापा
