समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दिबारीमा छात्रामैत्री शौचालय हस्तान्तरण

झापा, मंसिर ४ — रोटरी क्लब अफ भद्रपुर र रोटरी क्लब अफ काँकडभिट्टाको संयुक्त सहकार्यमा हल्दिबारी गाउँपालिकामा निर्माण गरिएको छात्रामैत्री शौचालय हस्तान्तरण गरिएको छ।

​छात्राहरूको स्वास्थ्य, सरसफाइ, व्यक्तिगत स्वच्छता, सुरक्षा र मर्यादित शैक्षिक वातावरण प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संरचना हल्दिबारी गाउँपालिका स्थित गरमकाली आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको हो।

​कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले छात्राहरूको स्वास्थ्य, शिक्षा र सम्मानसँग जोडिएका यस्ता सामुदायिक परियोजनाले समाजमा सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने बताउनुभयो। उहाँले रोटरीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता सेवामूलक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

​रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष रोटेरियन मनोज कुमार पराजुलीले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै यसले छात्राहरूको स्वास्थ्य, आत्मसम्मान र सुरक्षित विद्यालय वातावरण बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

​हस्तान्तरण कार्यक्रममा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी मैनाली, प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईलगायत जनप्रतिनिधि, रोटरीका पदाधिकारी, सदस्य तथा स्थानीय सरोकारवालाहरूको सहभागिता थियो। कार्यक्रम सञ्चालन रोटरी क्लब अफ भद्रपुरका सचिव नरेश पराजुलीले गर्नुभएको थियो।

​रोटरीको यो पहलले विद्यालय तथा समुदायमा छात्रामैत्री वातावरण निर्माण गर्नुका साथै महिला तथा बालिकाको स्वास्थ्य र मर्यादाप्रति सामाजिक सचेतना बढाउने अपेक्षा गरिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)