समाचार
हल्दिबारी संवाददाता २४ मिनेट अगाडि

मेचीनगरमा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणीको आरोप, एक व्यक्ति पक्राउ

झापाको मेचीनगर नगरपालिकामा ६० वर्षीया वृद्धामाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९, लिलाबस्तीका ४६ वर्षीय तिलक श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार गत बुधबार राति करिब १० बजे वृद्धा आफ्नै घरमा सुतिरहेको अवस्थामा श्रेष्ठले जबर्जस्ती करणी गरेको प्रारम्भिक आरोप छ। घटनापछि पीडितले बिहीबार इलाका प्रहरी कार्यालय धुलाबारीमा लिखित जाहेरी दिएकी थिइन्।

जाहेरी दर्ता भएलगत्तै घटनाको अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले श्रेष्ठलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका श्रेष्ठमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)