हल्दीबारी गाउँपालिका कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले निम्नानुसार निर्णयहरु गरेको प्रवक्ता सागर पोर्तेलले बताएका छ्न ।

के के छ्न निर्णय :

१. विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको कार्यान्वयन गर्न तथा हालसालै छिमेकी कचनकवल गाउँपालिकामा समेत ठूलो संख्यामा कोरोना भाइरस संक्रमितहरु फेला परेकोले त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर यश गाउपालिकामा पनि पर्ने भएकोले लकडाउनको कडा कार्यान्वयन नगरेको खण्डमा संक्रमण फैलिई महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सो का लागि निम्नानुसार गर्ने/गराउने:-

क) कोरोना भाइरसका संक्रमितहरु फेला परिरहेका छिमेकी बार्हदशी र कचनकवल गाउँपालिकाबाट हल्दीबारी गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु तत्काल बन्द गर्ने साथै सो को कार्यान्वयनका लागि स्थानीय प्रहरी प्रशासन र वडा समिति मार्फत स्वयंसेवकहरु परिचालन गर्ने ।

ख) लकडाउनको कार्यान्वयन तथा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्तिका लागि जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिले मिति २०७७ जेठ ३ गतेको बैठकबाट गरेको निर्णय बमोजिम गर्ने/गराउनका लागि कडि कडाऊ गर्ने । साथै, बजार अनुगमन गरि जथाभावी गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउने ।

ग) गाउँपालिका क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका यसै आवमा सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण आयोजनाहरुका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुलाई पास प्रदान गर्ने । साथै, दुई पाँग्रे, चार पाँग्रे तथा अन्य अनावश्यक सवारी आवागमनलाई नियन्त्रण गरि अटेर गर्नेलाई नियमानुसार जरिवाना गर्ने ।

घ) आजउप्रान्त हल्दीबारी गाउँपालिकामा स्थायी बसोबास भई भारत लगायत अन्य मुलुक तथा अन्तर जिल्लामा रहि आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने ।

२.बढ्दै गएको कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि बाहिरबाट फर्कने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नका लागि हल्दीबारी-१ को श्री जनजागृति मावि र हल्दीबारी-४ को श्री महेन्द्र माविमा यथाशीघ्र क्वारेन्टाइन निर्माण गर्ने साथै अन्य वडामा समेत क्वारेन्टाइन निर्माण गर्नका लागि वडाभित्रका उपयुक्त विद्यालयको पहिचार गरि तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार