हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रेरक प्रसङ्ग र स्थानीय तहहरु :राजन न्यौपाने

एक  समयमा हजरत मोहम्मदलाई पक्राउ गर्न केही सिपाहीहरु पिछा गर्न थाले । त्यसबेला उनीसङ्ग एकजना साथी पनि थिए,साथी र उनी उक्त समयमा सुरक्षीत स्थानमा भाग्नु बाहेक अरु कुनै उपाए थिएन,त्यसैले उनीहरू जङ्गलतिर लुक्न भागे । भाग्दैजादा जङ्गलमा एउटा ओडार देखे र त्यही ओडार भित्र लुक्ने निधो गरे ।

Advertisement

ओडारको मुखमा बाक्लो माकुरो को जालो थियो । हजरतको साथिले अघि बढेर उक्त जालो पन्साउन लाग्दा हजरतले रोक्दै भने,” हेर साथी ,बिचरा माकुराले कति धेरै परिश्रम गरेर यो जालो बनाएको छ,उस्को घर उजाडनु राम्रो होइन,” । यो सुनेर साथीले अचम्मित हुँदै भन्यो “हेर , समय कम्ती छ,हाम्रो जीवन खतरामा छ,यस्तो कुरा सोच्ने बेला यो होइन नि।” तर मोहम्मदले मानेनन,उनले भने “आफ्नो ज्यान बचाउन अर्कालाई दुख दिनु हुन्न,यस्तो समयमा यदि हामीले दया गरेनौ भने कहिले गर्ने त । यो हाम्रो परिक्षाको समय हुनसक्छ ।”

Advertisement

साथीलाई उनको कुरो चित्त बुझ्यो र अन्तमा उक्त माकुरोको जालोलाई असर नपुर्याई दुबैजना मुनीबाट निहुरिएर ओडार भित्र पसे । केही क्षणमै सिपाहीहरु उनीहरूलाई खोज्दै त्यहीँ आइपुगे,अनि त्यो ओडारमा छन कि भनेर एउटा सिपाही अघि बड्न लागेको थियो,त्यतिकैमा नाइकेले रोक्दै भन्यो,” अरे मूर्ख,अगाडि देखिनस माकुराको त्यत्रो जालो,उनीहरु यहाँ भित्र थिए भने त त्यो जालो भत्किएको हुन्थ्यो,यहाँ छैनन् उनीहरू अगाडि बढम ” भन्दै उनीहरु त्यहाबाट अघि बढे । हजरत मोहम्मद र उनको साथीको ज्यान जोगियो ।

पछिल्लो समय स्थानीय तहहरुले ठुला ठुला स्क्याभेटर लगाएर बाटो चौडा पार्ने क्रममा कतै थोरै जग्गा भएका मानिसहरु घरबार बिहिन सुकुम्बासी त भएका छैनन,उनीहरुको लागि सर्प पनि मर्ने लठ्ठी पनि नभाचिने गरि बैकल्पिक उपाय केही खोजिएको छ कि छैन ,यसतर्फ पनि ध्यान पुर्याउनु पर्ने हो कि !!!

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)