संगम बिष्ट – ईटहरी /  स्थानियबासीले असहमती जनाएपनि वराहक्षेत्र–१ चतरा स्थित जगद्गुरु रामानन्दाचार्य सेवा पीठ परिसरको भवन लाई जिल्ला स्तरिय क्वारेन्टाइन बनाइने भएको छ । सेवापिठको योगा हलमा २ सय बेडको क्वारेन्टाइन बनाउन सुनसरी जिल्ला प्रसासन कार्यालयको माग अनुसार दिनै निर्णय भएको सेवापिठका अध्यक्ष गणेश सुव्वा बिरहीले बताएका हुन् ।

उनका अनुसार हलमा क्वारेन्टाइन बनाइने र ब्लक नम्बर सीको ६० कोठाको भवन सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि प्रयोग गरिने भएको छ । पीठ परिसरमा तीन वटा भवनमा कुल १३२ वटा कोठा छन् । यसअघि परिसरमा क्वारेन्टाइन राख्न स्थानीयबासी उठाएको स्वास्थ्य र सुरक्षाको व्यस्थापन प्रशासनले गर्ने ज्ञारेन्टी दिएकाले पीठले भवन उपलब्ध गराउने भएको अध्यक्ष सुब्बाले बताए ।

उनले भने ‘हामीले क्वारेन्टाइनको प्रस्ताव आउने बित्तिकै पहिलो सुरक्षाको राम्रो व्यवस्था हुन्छ भने मात्रै दिन्छौ भनेका छौ, खानेपानी र विद्युतको असुविधा रहेको बारेमा प्रमुख जिल्ला अधिकारीले आफै व्यवस्था गर्ने बताएका छन् ।’ बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलले पीडको भवनमा नगरपालिकाको समन्वयमा प्रदेश र जिल्ला क्वारेन्टाइन बनाइने बताए । यसअघि बराहक्षेत्र नगरपालिकाले ३ वटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

यसअघि जिल्ला प्रशासनले पिठ लाई क्वारेन्टाइन बनाउने भवन माग गर्दा पठीले स्थानियबासी, राजनीतिक दलहरु संग उक्त बिषयमा छलफल गर्दा स्थानियवासीले असहमती जनाएका थिए । जेठ ५ गते पीठले जनप्रतिनिधि, राजनैतिक दल, समाजसेवीहरुको उपस्थितिमा छलफलको लागि भेला आयोजना गरको थियो । भेलमा स्थानियबासीहरुले पीठ नजिकै बस्ति र पीठमा सयौ अनुयायिहरु आउने जाने गर्ने भएकाले पिठमा क्वारेन्टाइन राख्न उपयुुक्त नहुने र त्यस्का लागि बैकल्पिक स्थानको खोजि गर्न आग्रह गरेका थिए ।

उनिहरुले पीठ आसपासको क्षेत्र स्थानियवासीको दैनिकि संग जोडिएकाले पीठमा क्वारेन्टाइन बनाए, स्थानियमा कोरोना सक्रमण भए चतरावासी नै सक्रमित हुने खतरा रहेकोमा ध्यानाकर्षण गराउ“दै गम्भिर रुपमा सोच्न आग्रह गरेका हुन् । छलफलमा स्थानियवासीले असहमती प्रकट गरेपछि जगद्गुरु रामानन्दाचार्य सेवा पीठले नजिकैको अनुमान मन्दिर दक्षिण एलएण्डटी प्रोजेक्ट बसेको स्थानमा क्वारेन्टाइन बनाउने र उत्तरतर्फ पीठ परिसरमा भने सुरक्षाकर्मी र चिकित्सक, स्वास्थ्यकर्मीको आवास राख्न सकिने गरी सहमती जुटाउन जिल्ला प्रशासन कार्यालय लाई आग्रह गरेको थियो । पीठमा अध्यक्ष बिरहीले भने ‘क्वारेन्टाइन नै बनाउन भवन माग भएपछि दिने निर्णय गरिएको हो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार