इटहरी/ सुनसरी जिल्लाको बराहक्षेत्र–३ साबिक भरौल जमुना गाछीमा शुक्रवार मृत भेटिएका ३७ वर्षीय कमल राईको हत्या अभियोगमा मृतककै शालो नाता पर्ने र अर्का एक सहित दुई जना युवक लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मृतकको शव भेटिएकै दिन ७ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

भरौल प्रहरी चौकीका प्रमुख बिनोद दहालका अनुसार पक्राउ गरिएकाहरु मध्ये दुई जना हत्यामा संलग्न भएको पुष्टी भएको हो । हत्या अभियोगमा मृतककै सालो पर्ने बराहक्षेत्र–३ इक्राईका २२ वर्षिय गणेश लिम्बु र १९ वर्षि प्रदीप राजधामी लाई हिरासतमा लिएर अन्य ५ जनालाई रिहा गरिएको दहालले बताए ।

प्रहरी अनुसार मृतक कमलले यसअघि सालो गणेशलाई मिलन चौकमा कुटपिट गरेका थिए । त्यही निहुँमा भेनापर्ने कमल मार्छु भन्दै बदलाको भावना राखेर बसेका थिए । विहीवर मौका पाएपछि लिम्बूले कमल लाई थाम्नै नसक्ने गरी रक्सी सेवन गराए । रक्सी खाइसकेपछि घर जाने भन्दै नयाँ प्लटिङ गरेको जग्गा तिर लगेर लिम्बु र राजधामीले निर्घात कुटपिट गरेको कारण कमलको मृत्यु भएको अनुसन्धान बाट खुलेको प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी उपरीक्षक शरण दहालले बताए ।

गणेश लिम्बु मृतक कमलको दुई श्रीमती मध्ये जेठी तर्फको सानिमाको छोरा भएको खुलेको छ । कमल राती ८ बजे एक्लै घर फर्किरहेको अवस्थामा गणेशले बाटोमा भेटाइ मदिरा सेवन गर्न लगेको र पछि ११ बजे नडाहको एकान्तमा लगेर असारेको काठको लाठीले टाउको र अनुहारमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक दहालले बताए । प्रहरीले दुबै जनालाई लुकेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

दुवैले कमलको हत्या गरेको स्वीकार गरिसकेको प्रहरी निरीक्षक दाहालले बताए । झापा दमकका मृतक कमल ६ महिनादेखि उनी ससुराली घर भरौलमा बस्दै आएका थिए । उनलाई ६ महिना अघि मात्र मदिरा ओसार पसार गरेको अभियोगमा जेल सजाय भुक्तान गरेर ससुरालीमा बस्दै आएको बताइएको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाइने दाहालले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार