समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘संविधान जारी गर्दा नै विभेदकारी’ अभियानव्दारा रुकुम घट्नाको विरोध

झापा/ रुकुमको चौरजहारीमा दलित युवक सहित ६ जनाको हत्या भएको घट्ना संविधानको विभेदकारी व्यवहारका कारण भएको भन्दैसोमबार नेपाली नागरिक अभियानले देशव्यापी बिरोध प्रदर्शन गरेको छ ।
झापाको बिर्तामोडडमा भएको प्रदर्शनका विच भएको कोणसभामा अभियानका राष्ट्रिय संयोजक रामचन्द्र क्षेत्रीले नेपालको संविधान जारी गर्दा नै विभेदकारी भएको बताउँदै संविधानले सबै जाति समुदायको अस्तित्व स्विकार नगरी देशको मुल समस्या व्राम्हणबादलाई संरक्षण गरेकोले रुकुमको घट्ना भएको आरोप लगाए ।
अभियान झापाका संयोजक दीपक पौडेलले रुकुमको घटना जातीय बिभेदको कारण भएको बताउँदै सामुहिक हत्या जस्तो नृशंस घट्नामा संलग्नहरु लाई कडा कारवाही गर्नुपर्ने मांग गरे ।
उनले भने ‘दलित भगवानले बनाएको होइन् जातीय वर्णाश्रमले बनाएको हो ।’ सदस्य गोपाल कटुवा ले रुकुम घटना राज्यले नै घटाएको आरोप लगाए । मुक्पिचोकमा उभिएर जातिय विभेद विरुद्ध वर्णभेदी नीति बन्द गर, मानव अधिकार लागू गर, रुकुम हत्याकाण्ड निष्पक्ष छानबिन गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित अभियान कार्यकताले बिरोध प्रदर्शन गरेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article