सम्बाददाता- इटहरी/ विदेशबाट आएका बराहक्षेत्रका स्थानियबासी लाई राखिएको महेन्द्र माबि चक्रघट्टी क्वारेन्टाइनका ३० जान मध्ये ३ जनाको स्वाब परिक्षणमा कारोना पोजिटिभ रिपोर्ट आएको छ ।

नगरपालिका स्वास्थ शाखा निरीक्षक उमेश मेहताका अनुसार उनिहरु लाई गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ अस्पतालमा पठाइएको छ । यो सहित कोरोना पाजिटिम रिपार्ट आउनेको संख्या बराहक्षेत्रमा ४ जनामा पुगेको छ । यसअघि बराहक्षेत्र घर भई तेह्रथुममा कार्यरत एक शसस्त्र प्रहरीका जवानमा कोरोना पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

कोरोना महामारी बढेपछि भारत लगायत वैदेशीक रोजगारीबाट फर्किएका ८९ जना लाई बराहक्षेत्र नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । उनिहरु मध्ये महेन्द्र मावि क्वारेन्टाइनमा रहेका ३० जनाको मंगलवार स्वाब संकलन गरी प्रदेश १ जनस्वास्थ्य प्रयोगसाला पठाइएको स्वास्थ्य थियो । स्वास्थ्य निरीक्षक प्रसाद मेहताका अनुसार परिक्षणमा पठाइएको उक्त स्वाब मध्ये ३ जनाको रिपार्ट पोजिटिभ आएको हो ।

क्वारेन्टाइनमा रहेकाहरु मध्ये ५ जना महिला छन् । महामारी बढेपछि विदेशबाट फर्कने बराहक्षेत्रबासीका लागि कोरोना परिक्षण गर्न नगरपालिकाले सरकारी मापदण्ड अनुसार सामुदायिक विद्यालयमा क्वारेन्टाइन स्थापना गरेको छ । भारत लगायत विदेश ठाउबाट आएका स्थानियबासी लाई सिधै क्वारेन्टाइनमा राखिने गरेको हो ।

हाल ३ वटा क्वारेन्टाइनमा रहेकाहरुमा महेन्द्र माविका साथै जनता माबि मधुवनमा ९ जना र प्रकाश माबि प्रकाशपुरमा १६ जना छन् । यसैविच नगरपालिकाले विदेश बाट आउनेको संख्या बढेपछि थप क्वारेन्टाइन निर्माण गरे को छ । थप क्वारेन्टाइन बराहक्षेत्र वडा ३ भरौली स्थित महेन्द्र माविमा पनि निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार