हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी काङ्ग्रेसले दियो रेडक्रसलाई १ सय पिस N ९५ मास्क

बिनोद कुमार दाहाल – हल्दिवारी झापा । अन्तर्राष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष नविन पोखरेलले १७ हजार मुल्यको N९५ मास्क नेपाली काङ्ग्रेस हल्दिवारीलाई आज एक कार्यक्रमको बिच हस्तान्तरण गर्नु भएको छ।

Advertisement

नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर ३ ख का सभापती नविन बिमली र हल्दिवारी सभापति दिलिप मावोलाई उक्त १०० थान मास्क पोखरेलले हस्तान्तरण गर्नु भएको नेविसंघ जिल्ला सदस्य पारस तिम्सिनाले बताए ।

Advertisement

नेपाली काङ्ग्रेस बाह्रदशीका कृयाशिल सदस्य तथा व्यवसायी समेत रहेका पोखरेल लामो समयदेखी कतारमा व्यवसाय गर्दै आएका छ्न ।

निजि खर्चमा कोरोना जोखिम रहेको हल्दिवारीलाई उक्त मास्क सहयोग गरेको बताइएको छ। नेपाली काङ्ग्रेस हल्दिवारीले भने उक्त मास्क नेपाल रेडक्रस उपशाखा जलथललाई हस्तान्तरण गरेको छ। रेडक्रस जलथलले कोरोनाको जोखिममा हिडिरहेका स्वयंसेवकलाई बितरण गर्ने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)