हल्दिवारी – ९ असार । हल्दिवारी गाउँपालिकामा थप दुई जनामा कोरोना भाइरस संक्रमण भएको गाउँ स्वास्थ्य शाखाले पुष्टि गरेको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार वैदेशिक रोजगार ( कुबेत ) बाट फर्किएका दुई महिला लाई कोरोना संक्रमण देखिएको हो ।

उनिहरुलाई कुबेतबाट उद्दारगरी यहि असार ४ गते काठमाडौ ल्याइएको थियोे भने असार ५ गतेदेखि हल्दिवारी गाउँपालिका २ मा रहेको क्वारेन्टाइनमा बस्दै आएको स्वास्थ्य प्रमुख निरौलाले बताउनु भयो । योसगै हल्दिवारीमा कोरोना संक्रमण हुनेको संख्या ६ पुगेको छ।

यश अगाडि पनि २ जना कुबेतबाट फर्किएका २ जना महिला तथा भारत बाट फर्किएका २ जना पुरुषमा संक्रमण देखिएको थियोे । संक्रमीत २ नयाँ महिला सहित ६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ भने नयाँ संक्रमीत महिलालाई धरान थप उपचारको लागि लैजान लागिएको स्वास्थ्य शाखाले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार