नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको वार्तामा २ अनौपचारिक सहमति भएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि उत्कर्षमा पुगेको विवाद मिलाउन पछिल्ला दिनहरुमा अध्यक्षद्धय निरन्तर वार्तामा छन् ।

वार्ताबाट ठोस निर्णयमा पुग्न नसकेपनि आज भएको भनिएको २ अनौपचारिक सहमतिले जारी विवादको अन्त्य गर्ने अपेक्षा गरिएको छ ।दुई नेताबीच आज कार्यदल बनाएर सहमति खोज्ने समजदारी भएको छ ।

४ जना रहने कार्यदलमा ओली पक्षबाट महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् । प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा छन् । उनीहरु दुई अध्यक्षबीच आज भएको वार्तामा सँगै थिए। कार्यदलले सुझाव दिएपछि सोमबारको स्थायी कमिटी बैठकअघि फेरि दुवै अध्यक्षबीच सम्वाद हुनेछ ।

त्यसैगरी आजको बैठकमा अर्को पनि अनौपचारिक सहमति भएको छ । बैठकमा दुवै पक्षले सशंकित तुल्याउने कुनै पनि गतिविधि नगर्ने पनि अनौपचारिक सहमति भएको छ। दुबै पक्षले अनावश्यक गतिविधि गर्दा वार्ताको माहोल बिग्रिएको निस्कर्ष निकाल्दै ओली र प्रचण्डबीच सशंकित तुल्याउने कुनै पनि गतिविधि नगर्ने सहमति भएको हो ।

नेकपाको स्थायी कमिटी बैठक पनि भोलि ११ बजे बस्नेछ । उक्त बैठकअगाडि नै ओली र प्रचण्ड वार्तामा बसेर कार्यदलको सुझावअनुसार विवाद हल गर्न पहल गर्ने भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार