एजेन्सी – बलिउड महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण देखिएपछि उनी शनिबार राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन् ।

अस्पतालमा भर्ना भएका अमिताभले तस्वीर र भिडियो शेयर गरेका छन् । उनले अस्पतालबाटै स्वास्थकर्मीको मनोबल उच्च बनाएका छन् । उनले भिडियोमा सोधेका छन् थाहा छ आजभोलि किन मन्दिरहरु बन्द छन रु ।

उनले स्वास्थकर्मीहरु सबै ईस्वरको रुप भएको बताएका छन् । उनले स्वास्थकर्मीको मनोबल उच्च बनाउदै तपाईहरु जीवनदायी बनेको बताएका छन् ।

यस्तै अमिताभका छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना संक्रमण देखिएको छ । तर अभिनेता अमिताभकी पत्नी जया बच्चन र अभिषेककी पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको भारतिय मिडियामा बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार