समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा सम्बन्ध बिच्छेद बढ्दो : हेर्नुस् तथ्यांक सहित पूरा विवरण

 नेत्र बिक्रम बिमली – जलथल / साउन ,३ । हल्दिवारी गाउँपालिकामा आर्थिक बर्ष ०७६/०७७ मा १४ जनाले सम्बन्ध बिच्छेद गरेका छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले दिएको जानकारी आनुसार वडा न.१ मा ६ जना , वडा न. २ मा ४ जना , वडा न .४ मा र वडा न .५ मा २/२ जनाले सम्बन्ध बिच्छेद गरेका छ्न । वडा नम्बर ३ मा भने ०७६/०७७ मा कसैले पनि सम्बन्ध बिच्छेद गरेको पाइदैन ।

Advertisement

त्यस्तै यहि अवधिमा ४७२ जनाले बिबाह गरेका छ्न भने ७९४ जना बालबालिकाको जन्म भएको पाइन्छ । गाउँपालिकाको तथ्यांक अनुसार ४०६ जना बालक तथा ३८८ जना बालिका जन्मिएको दर्ता किताबमा हेर्न सकिन्छ । सोही अवधिमा १०४ पुरुष तथा ६४ महिलाको मृत्यु भएको तथ्यांकले देखाउछ ।

त्यस्तै ०७६/०७७ मा बसाइँसराइ गर्ने को संख्या पनि सधैको तुलनामा बढेको पाइन्छ । ६६ महिला तथा २०७ पुरुष बसाइँसराइ गरि हल्दिवारी आएको देखिन्छ भने ८८ महिला तथा २६७ पुरुष हल्दिवारीबाट बसाइँसराइ गरि अन्यत्र गएको देखिन्छ ।

हल्दिवारी गाउँपालिकामा ०७५/०७६ को तुलनामा १५% बसाइँसराइ वृद्धि भएको देखिन्छ भने सम्बन्ध बिच्छेद ३०% ले वृद्धि भएको पाइन्छ ।

                                        हेर्नुस् तथ्यांक सहित पूरा विवरण  –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article