छुद्रग्रह

युरोपियन स्पेस एजेन्सीले ७५ हजार ६ सय किलोमिटर प्रतिघन्टा बेगमा पृथ्वी तर्फ बढिरहेको एक छुद्रग्रह पत्ता लगाएको छ । यदि यो पृथ्वीमा ठोक्कियो भने यसले सतहमा एक माइल फराकिलो खाल्डो बनाउन सक्छ । २०२० एमओ १ नामक उक्त छुद्रग्रह सुर्य परिक्रमा गरिरहेको छ ।

उक्त छुद्रग्रह सन् २०५९ जुलाई ३ मा पृथ्वीसँग ठोक्किन सक्ने वैज्ञानिकहरुले बताएका छन् । युरोपली अन्तरिक्ष एजेन्सीले छुद्रग्रहको ब्यास करिब २ सय ३० फिट लामो भएको आंकडाको अध्ययनपछि जनाएको छ । यो छुद्रग्रहले सुर्यको परिक्रममा एक लामो कक्षमा गरिरहेको छ । जुन मंगल ग्रहसम्म फैलिएको छ ।
छुद्र ग्रह पृथ्वीसँग ७५ हजार ६ सय ३९ किलोमिटर प्रतिघन्टाको बेगले ठोक्किन सक्ने अनुमान गरिएको छ । यसबाट भिमकाय उर्जा निकाल्ने छ । जसले केही किलोमिटरको परिधिमा हुने सबै जीवजन्तुका लागि खतरनाक हुन सक्छ ।

यद्यपी छुद्रग्रह पृथ्वीसँग ठाक्किने सम्भावना कम भएको पनि युरोपियन स्पेस एजेन्सीले बताएको छ । बाहिरी कारकहरुका कारण छुद्रग्रह आफै आफनो मार्ग बदल्न सक्ने सम्भव छ । अथवा सुर्य नजिक हुने क्रममा चुम्बकिय प्रभावका कारण नष्ट हुन सक्ने वैज्ञानिकहरुले बताए ।

नासाको सेन्ट्री सिस्टम यस प्रकारका खतरनाक छुद्रग्रहहरु माथि निगरानी राख्दै आइरहेको छ । यसमा अहिलेसम्म १ सय बर्षमा २२ त्यसता छुद्रग्रह छन् जुन पृथ्वीसँग ठोक्किने केही सम्भावना राख्छ । यो सुचीमा सबैभन्दा पहिला आउने सबैभन्दा ठुलो छुद्रग्रह २९०७५ सन् २८८० सम्म आउने छैन । यसको आकार अमेरिकाको अम्पायर स्टेट बिल्डिंग भन्दा तीन गुणा ठुलो छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार