हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्त्रिपरिषद् निर्णय : लकडाउन खुकुलो बनाइने, आन्तरिक उडान पनि सुरु हुने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा जारी लकडाउन थप खुकुलो बनाउने निर्णय गरेको छ । यसअघि घोषणा गरेको लकडाउन दोस्रो चरणको रहेको र यो ६ साउनसम्मको लागि थियो ।

Advertisement

अब तेस्रो चरणको लकडाउन लागू हुने र यो अझै खुकुलो गर्ने सरकारको तयारी भएको हो । साउन ८ देखि सिनेमाघर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सिमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनको लागि सहज बनाइने भएको हो ।

Advertisement

यस्तैगरी लामो समयदेखि बन्द रहेको आन्तरिक उडान पनि पुनस् सञ्चालनको तयारी भइरहेको छ । आगामी भदौ १ देखि सुरक्षाका उपाय अपनाई भदौदेखि आन्तरिक उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

यसका लागि गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)