दिनेश कार्की- गाईघाट । सप्तकोसी नदीमा मंगलबार बिहानबाट बाढी उर्लिएको छ । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो ।

मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । सप्तकोसीमा बहाव बढेसँगै तटबन्धसँग नजिकका बस्तीहरु जोखिममा परेका छन् । केही दिनदेखि निरन्तर वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको हो ।

सोमबार बिहानसम्म सामान्य रहे पनि दिउसो देखि बहाव उच्च हुँदै गएपछि उच्च सर्तकता अपनाउन थालिएको छ । कोसीको यो मापन वर्षकै उच्च मापन ३ लाख ४२ हजार ९७० प्रतिसेकेण्ड क्युसेक पानीको बहाव भएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बुधबार विहानसम्म उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ । स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ । प्रहरीले कोसीको तटीय क्षेत्रमा सुरक्षित रहन भन्दै सर्वसाधारणलाई जानकारीकालागि माइकिङ पनि गरेको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार