हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दल एकजुट हुनुपर्छः नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा .शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताको पक्षमा सबै दल एकजुट हुनु आजको आवश्यकता भएको बताएका छन् ।

Advertisement

विपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले मुलुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि विपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताए ।

Advertisement

नेता कोइरालाले दलहरुका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताको पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले विपी कोइरालाले देखाएको बाटोमा कांग्रेस अगाडि बढ्नुपर्ने बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)