समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमंत्री ओलीको बक्तब्यब्दारा धार्मिक मतभेद उत्पन्न :विश्वहिन्दु महासंघ

दिनेश कार्की, गाईघाट / मर्यादा पुरुषोत्तमभगवान रामचन्द्रको जन्मस्थल अयोध्याका विषयमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले दिनुभएको अभिव्यक्तिका कारण हाल नेपाल भारत लगायत संसारभरिका धार्मिक तथा आध्यात्मिक संघसंस्थाहरु र हिन्दु ओमकार परिवारका बीचमा उत्पन्न परिस्थितिबारे विश्वहिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

Advertisement

युगौंदेखिको अविछिन्न रूपमा स्थापित नेपाल – भारत सामाजिक सांस्कृतिक धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई अक्षुण राख्दै संसारको एकमात्रै देवभूमि तथा तपोभूमी नेपालसँग हाम्रा धार्मीक ग्रन्थहरुले निर्देशन गरे अनुरुप मिथिला तथा अयोध्याको सम्बन्ध स्पष्ट रहेको हुँदा उक्त विषयको तथ्य प्रमाणिकताका आधारमा अघि बढ्नु आवश्यक ठहरिन्छ ।

Advertisement

यस हाम्रा वेद , पुराण , उपनिषद,रामायण तथा पाैराणीक धार्मिक ग्रन्थमा उल्लेखीत तथा निर्देशित मूल्य , मान्यता , परम्परा अनुरुप अाेमकार परिवार , यस बिषयका ज्ञाता , राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका धर्मगुरुहरु र पुरातत्त्वका विज्ञहरुका विच गहिरो छलफल तथा अध्ययन अनुसन्धान गरिनु पर्दछ।

बिश्व हिन्दू महासंघकी महासचिव अस्मिता भंडारी ब्दारा हस्ताक्षरित प्रेस नोटमा भनिएको छ ” धर्म-संस्कृति र अध्यात्म जस्ता अति संवेदनशील भावनात्मक विषयहरुमा दुवै देश वीचको भाइचारा मित्रता प्रेम र आपसी, सद्भावलाई कायम राख्दै धार्मिक सांस्कृतिक एकतामा आँच आउन नदिन सबै पक्ष वीचसमझदारी कायम गरी सगता अपनाइ अगाडि बढ्नका निम्ति विश्वहिन्दु महासंघ हार्दिक अनुरोध गर्दछौं।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article