दिनेश कार्की गाईघाट । सुनसरीको इनरुवामा रहेको डिभिजन वन कार्यालयका प्रमुख वन संरक्षण अधिकृत साढे पाँचलाख रुपैयाँसहित कोशी व्यारेजबाट पक्राउ परेका छन ।

वन डिभिजन कार्यालय इनरुवामा कार्यरत प्रमुख वन संरक्षण अधिकृत रामबाबु साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले शुक्रबार कोशी व्यारेजबाट पक्राउ गरेको हो अख्तीयार कार्यालयले विशेष सुचनाका आधारमा ५ लाख ५३ हजार रुपैयाँ लिएर कार्यालयको बा २ झ ४१० नम्बरको पिकअप गाडीमा रौतहट तर्फ रहेको घर जादै गर्दा कोशी व्यारेजबाट पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहानदेखी डिएफओ साह घुस वापतको रकम लिएर श्रीमतीसहित घर जान लागेको सुचनाका आधारमा निगरानी गरि पिछा गर्दै जादा सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजबाट उनी सवार सवारी साधनमा उनले बोलेको व्याग भित्रबाट ५ लाख ५३ हजार रुपैयाँ बरामद गरेको थियो ।

सरकारी गाडीमा सुनसरीबाट घरतर्फ जादै गर्दा साथमा भएको रुपैयाँको श्रोत खुलाउन नसकेपछि वन अधिकृत साहलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार