विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आ’त्मह-त्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म बन्दाबन्दीको समयमा मात्र विभिन्न तवरबाट उक्त व्यक्तिले आ’त्मह-त्या गरेका हुन् । आ’त्मह-त्या गर्नेमध्ये पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ रहेका छन् ।

प्रहरीका अनुसार झु-ण्डिएर सबैभन्दा धेरै व्यक्तिले आ’त्मह-त्या गरेका छन् । झु-ण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आ’त्मह-त्या गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही आ’त्मह-त्याको मुख्य कारण मानसिक तनाव भएको बताउनुहुन्छ । “प्रहरीले बढ्दो आ’त्मह-त्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न सङ्घ संस्थासँग समन्वय गरी आ’त्मह-त्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ,”–उहाँ भन्नुहुन्छ ।

यस्तै, प्रहरीले आ’त्मह-त्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सन्चालन, समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आ’त्मह-त्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आ’त्मह-त्या न्यूनीकरणसम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आ’त्मह-त्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आ’त्मह-त्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार