हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोनाबाट विश्वभर १ करोड ६१ लाख ८९ हजार संक्रमित ,६ लाख ४७ हजारभन्दा बढीको निधन

 विश्वभर कोरोना संक्रमणबाट ६ लाख ४७ हजार ५९७ जनाको निधन भैसकेको छ । यसमध्ये ५ हजार ७११ जनाको पछिल्लो २४ घण्टायता मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । यससँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६१ लाख ८९ हजार ६१७ पुगेको छ । निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २३२ छ ।

Advertisement

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १ हजार २६३ जनाको मृत्यु भएको छ । २७ लाख ६५ हजार ५४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ६ हजार ८८० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् ।

Advertisement

यस्तै एसियाली मुलुकहरूमा ८८ हजार ६४७ जनाको मृत्यु भएको छ । ३८ लाख २६ हजार ६४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २२७ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३२ हजार ९८० जनाको मृत्यु भएको छ । ३६ लाख ९४ हजार ३८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १७ हजार ५६३ जनाको ज्यान गएको छ भने ८ लाख ३२ हजार ३८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १६७ जनाको मृत्यु भएको छ । १५ हजार ६५४ जना संक्रमित भएकोमा १० हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने १८ हजार ४८३ जनामा संक्रमण देखिएकोमा ४५ जनाको निधन भैसकेको छ । १३ हजार ५३ जना भने उपचारपछि निको भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)