काठमाडौं महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।

सधैँ बाक्लो भीडभाड हुने असन इन्द्रचोक लगायतका क्षेत्रमा कोरोना संक्रमण छिटो फैलिने डर हुन्छ । एकबाट दोस्रोमा सजिलै सर्ने यो भाइरसको प्रकृति र सावधानी नअपनाइ बजार निस्कने नेपाली प्रवृतिका कारण पनि यसलाई नियन्त्रणमा ल्याउन कठिन छ ।

यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ सूचना नै टाँस गरि गणेश मन्दिर नजिक रहेको पसलमा कारोबार गरेको भए र व्यापारीद्वय धिरज शाह र रञ्जु शाहसँग संसर्गमा रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको छ ।

आइतवार मात्रै काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देश भर १ सय ३० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६ सय ६ सय १३ पुगेको छ । लकडाउन पूर्णरुपमा खुल्ला गरिएको छ । उपत्यकामा संक्रमित थपिएको थपियै छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार