लम्कीचुहा   –  कैलालीमा भएको सवारी दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ। कैलाली बौनियामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएको हो।

ज्यान गुमाउनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय २६ वर्षीया सन्तोशी बोहोरा रहेकी छन्। उनी ट्रकले ठक्कर दिएको स्कुटरको चालक हुन्।

ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्रकको ठक्करबाट युवतीको ज्यान गएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।ठक्कर दिने ट्रक र चालक सुर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिसकेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार