जुम्ला। पछिल्लो समयमा अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको देखिन्छ। राप्रपाका महामन्त्री सुनिल बहादुर थापासहित करिब तीन दर्जन केन्द्रीय नेताहरुले मंगलबार कांग्रेस प्रवेश गरेपछि राजनीतिक वृत्तमा नयाँ सन्देश प्रसारण भएको छ।
सोही दिन देशका अन्य जिल्लाहरुमा पनि कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या निक्कै बढेको देखियो। साथै नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले आगामी निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपाको किल्ला भत्काउने दाबी गरेका छन्।
नेपाली काङग्रेस जुम्लाले हिमा गाउँपालिकामा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शाहले यस्तो दाबी गरेका हुन्। नेता शाहीले भने, ‘जनताले नेकपालाई राम्रोसँग चिन्ने अवसर पाएको र नेकपाबाट विचलित बनेका नेताहरु कांग्रेसमा प्रवेश गरेको कारण पनि आगामी निर्वाचनमा हामीले बलियो प्रदर्शन गर्नेछौं।’
नेकपा जुम्लाका युवा नेता उपराज अधिकारीले कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै अधिकारीसहित विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका एक सय २९ जनालाई स्वागत गर्दै नेता शाहीले नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको बताए।
उपराज अधिकारी २०७४ को स्थानिय निर्बाचनमा एमाले बाटँ हिमा गाउँपालिका वडान ६ वडा अध्यक्षमा ८ मतले पराजित उमेदवार हुन। अधिकारीसहित एक सय २९ जना कांग्रेसमा प्रवेशले काङ्ग्रेस जुम्लाले खुशी व्यक्त गरेको छ।