हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जसपाब्दारा प्रशिक्षण कार्यक्रम सम्पन्न

भद्रपुर  –  जनता समाजबादी पार्टी भद्रपुर नगर समितिको आयोजनमा शनिबार पृथ्बीनगरमा सम्पन्न कार्यक्रम बीच स्थानीय बिभिन्न पार्टीबाट नबप्रबेशी ४५ जना नेता कार्यकर्ताओं पार्टीका केन्द्रिय सदस्य पृथ्बी कार्की, प्रदेश सदस्त समर राई, जिल्ला उपाध्यक्ष खडगबहादुर खड़का, जिल्ला सचिब देवेन्द्रकिशोर ढुंगानाले  स्वागत गरेका थिए।

Advertisement

नरदीप योङहाङको अध्यक्षतामा भएको उक्तकार्यक्रममा बोल्दै पार्टी जिल्ला सचिब देवेन्द्रकिशोर ढुंगानाले बर्तमान राष्ट्रीय राजनीति पेचिलो बन्दै गएको अबस्थामा पहिचानबादी शक्तिहरु संगठित हुनुको बिकल्प नरहेकोमा जोड दिदै सत्ता र सरकार भ्रष्ट र स्वेच्छचारी भएको कारण देश गलत बाटोतिर लागेकोले यस परिस्थितिबाट देश र जनतालाई सुरक्षित राख्न जसपाले रक्षात्मक भुमिका निर्बाह गर्न आबश्यक रहेको बताए। युवा नेता गौरीमान राईले अबको बिश्ब राजनीति पहिचानबादी शक्तिहरु बीचको धुव्रिकरणबाट षरिबर्तन सम्भब रहेको बिचार ब्यक्त गरेका छन।

Advertisement

उक्त कार्यक्रममा समर राई, शत्रुघन चौधरी, महिला नेतृ शरस्वता कन्दङवा, ओमप्रकाश खापुङ लगायतका बक्ताहरुले नेपाली राजनीतिमा जसपाको भुमिका बिषयमा आ-आफ्ना बिचार राखेको कार्यक्रमको संचालन राजेन्द्र याताले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)