हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो !

काठमाडौं । सरकारले हालसम्म कोरोनाभाइरस(कोभिड १९)बाट ज्यान गुमाउनेको संख्या ७० पुगेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ५ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ७० जना पुगेको जानकारी दिए ।

Advertisement

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउने सबै पुरुष रहेका छन् । जसमा पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय एक पुरुष, वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ७९ वर्षीय एक पुरुष, वीरगन्ज महानगरपालिका ११ श्रीपुरका ५७ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष र सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय एक पुरुष रहेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)