साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्र कविको निधन प्रति शोक ब्यक्त

राष्ट्र बचाउ अभियानका संयोजक डा, मनोज मुक्ति विवेक र नेपाली साहित्य परिषद झापाका अध्यक्ष देवेन्द्रकिशोर ढुंगानाले संयुक्त शोक बक्तब्य जारी गर्दै भनेको छ “महाकवि लक्ष्मी प्रसाद देवकोटा पछिका सर्वाधिक जनप्रिय स्रष्टा राष्ट्रकवि माधव घिमिरेकाे मंगलवार साँझ ५:५५ बजे उहाँकै निवासमा स्वर्गाराेहण भएको समाचारले स्तब्ध भएको छु, आज नेपाली समाजले साहित्यको युग-पुरुष गुमाएको मेरो बुझाई छ, नेपाल र नेपालीले साहित्य क्षेत्रको ध्रुव तारा अस्ताएको पीडा बोध गर्दै होलान् !

Advertisement

यो हाम्रो लागी अपुर्णिय क्षति हो, जसको भरपाई सायद आउने सयकडौं-हजारौं वर्षसम्म असम्भव होला ।” बक्तब्यमा भनेको छ कि सयकडौँ-हजारौं कृतिहरु, लेख-रचना, अनुवादहरु, पुस्तकहरुका रचनाकार, प्रकाशक, लेखक एवं सयकडौं मान, पदवी, विभुषण, सम्मानले विभुषित श्रद्धय राष्ट्र-कवि माधव घिमिरे ज्युलाई सत सत नमन एवं आश्रुपुरित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं !

Advertisement

साथै शोक-स्तब्ध परिवारजनमा संवेदना प्रकट गर्नुका साथै पशुपतिनाथले धैर्य-धारण गर्न आत्मबल प्रदान गरोस भन्ने कामना एवं प्रर्थना पनि ! राष्ट्र-कविलाई बैकुण्ठ बाँस होस् , यो मृत-भुवनमा प्राप्त सम्मान वहाँलाई बैकुण्ठ धाममा पनि प्राप्त होस् ! वहाँले साहित्य क्षेत्रमा गर्नु भएको लगानी, योगदान र मार्गदर्शनले युगौं-युग सम्म वहाँको कृति बखान गर्नुका साथसाथै देश र समाजलाई सुर्यको किरण झैं मार्गदर्शन गरिरहने छ ।

“डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।” सत सत नमन !! भावपूर्ण आश्रुपुरित हार्दिक श्रद्धाञ्जली !!

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article