देवेन्द्रकिशोर ढुंगाना झापा । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका- ४ मा एक युवतीको विवाह गरेको भोली पल्टै झुण्डिएर मृत्यु भएको घटनालाईमाईती पक्षले दाईजोसँग जोडेर हत्या भएको दावी गरेका छन । केटा पक्षले उनले घरकै बरण्डामा डोरीमा झुण्डिएर आत्महत्या गरेको दावी गरेको छ भने माईती पक्षले हत्या गरेर झुण्डाएको आरोप लगाएको छ ।

देवनागञ्ज -३ कप्तानगञ्जकी रिंकीकुमारी मेहता र वडा नम्बर -४ का रमेशकुमार मेहता बीच दुई वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । प्रेम सम्बन्धकै कारण अभिभावकहरुले दवावमा उनीहरुको विवाह गरिदिएका थिए । विवाह हुन नदिन अभिभावकले गरेको प्रयासमा मृतक युवतीले रमेशसंग आफ्नो विवाह नभए आत्महत्या गर्ने धम्की दिएकी थिईन ।

रमेशले समेत आफ्नै प्रेमिकासँग विवाह हुनु पर्ने अडानसहित मोटो रकम दाईजो दिने गरी आएका प्रस्तावहरुलाई पनि अस्विकार गर्दै आएको बताईएको छ । सामाजिक छलफल र प्रेम सम्बन्धको दवावमा भएको विवाहका कारण दाईजोको भने लेनदेन भएको थिएन । विवाह भएपछि प्रेमीको घर भित्रिएकी युवतीलाई दाईजो नपाएको भन्दै ससुराली पक्षले गालीगजौल गरेको र त्यसैको कारण घटना भएको हुन सक्ने स्थानीयहरुको भनाईर छ ।

केहीले दुई वर्षेदेखिको प्रेमलाई विवाहमा परिणत गर्न नदिनुमा दाईजो बाधक रहेको र पछिल्लो पटक भदौ ३ गते गाउँका सामाजिक अगुवाहरुले उमेर पुगेकाले एकअर्कालाई प्रेम गरेको र विवाह गर्न समेत राजीखुसी भएकोमा विवाह गराई दिएको थियो । केटालाई पाँचदेखि १० लाखसम्म दाईजो दिने गरी विवाहको कुरा आएको तर रिकींसंगको प्रेमका कारणले विवाह गर्न नमानेका रमेशको बुवा आमाले स्वीकार उनलाई नगरेको परिणाम हत्या वा आत्महत्या भएको छिमेकीको तर्क छ ।

रिकींका बुवा जयकिशोर मेहताले छोरीको हत्या भएको र यदी हत्या नभए आत्महत्याका लागि केटा पक्षकाले दुरुत्साहन गरेको दावी गर्दै न्यायका लागि अपिल गरेका छन । जयकिशोरले छोरीको विबाह भएको २४ घण्टामा हत्या वा आत्महत्या जे भएपनि केटा पक्ष र उनका परिवार दोषी रहेको दावी गर्दैै कार्वाहीको मांग गरेका छन ।

छोरीले भदौ ३ गते मात्रै प्रेम विवाह गर्नु, ४ गते केटा पक्षकाले दाईजोमा पाँच लाख घाटा लागेका गुनासो सुनाउनु र ५ गते भुण्डिएको अवस्थामा भेटिनु सुनियोजित भएको दावी गरे । प्रहरीले शवलाई पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान पठाएको र रिर्पोट नआएसम्म हत्या वा आत्महत्या केही भन्न नमिल्ने तर शवको प्रकृति आत्महत्या जस्तो देखिएको जनाएको छ । यता पीडित पक्षले मानव अधिकार संगठनमा समेत रिकीको हत्या भएको दावी गर्दै न्यायका लागि पहल गरी दिन आग्रह गर्दै निवेदन दिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार