हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

ट्राफिक उज्यालो अभियान’ सुरु( तस्वीर सहित )

 काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ‘ट्राफिक उज्यालो अभियान’ सुरु गरेको छ। मंगलबार महाशाखाको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेरे उक्त अभियान सुरु गरेको हो

Advertisement

महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीको प्रमुख आतित्थतामा सो अभियान सुरु गरिएको छ। महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षक भीम प्रसाद ढकालले ‘ट्राफिक उज्यालो अभियान’ को बारेमा स्पष्ट पारेका थिए।

Advertisement

कार्यक्रममा काठमाडौँ र ललितपुर प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरिक्षकद्धय उत्तमराज सुवेदी र टेक प्रसाद राई, नेपाल राष्ट्रिय यातायत महासंघका महासचिव सरोज सिटौला, हिसानका काव अध्यक्ष युवराज शर्मा, अखिल नेपाल मजदुर संघका अध्यक्ष सोम बहादुर तामाङलगयत व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको लक्षित वर्गमा सडक प्रयोगकर्ता, पैदल यात्री, सवारी चालक, सहचालक, स्कुल÷कजेलका विद्यार्थीहरू रहेका छन्।

पुस, माघ र फागुनसम्म चल्ने उक्त अभियानको मुख्य लक्ष्य सडक प्रयोगकर्ता, पैदल यात्री, चालक÷सहचालक स्कुल÷कलेजका विद्यार्थीमा ट्राफिक नियम सम्बन्धि सचेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्नु रहेको महाशाखाका प्रमुख ढकालले जानकारी दिएका छन्। अभियानका उद्देश्य ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्याउने।

ट्राफिक नियम पालना तथा सडक अनुसाशन विषयलाई स्वतः आम प्रवृतिको रूपमा विकास गर्ने। सडक प्रयोगकर्ताहरुसँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने। सडक दुर्घटनालाई न्यूनिकरण गरी धनजनको क्षति कम गर्ने। ‘समुदाय—प्रहरी साझेदारी’ अवधारणलाई नागरिक मैत्री बनाउँदै जनविश्वास आर्जन गर्ने। काठमाडौँ उपतयको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने। आदी ।

महाशाखाको माहतमा रहेका ४० वटा ट्राफिक कार्यालयहरूले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन गर्नेछन्। महाशाखा तथा मातहतबाट सिनियर÷जुनियर अधिकृत र प्रहरी जवानहरू गरी १३० जना ट्राफिक प्रहरी खट्ने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)