हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतको झारखण्डमा दुई श्रीमतीले गरे श्रीमानको बाँडफाँटस् : ३ दिन जेठीसँग, ३ दिन कान्छीसँग, १ दिन छुट्टि ?

एजेन्सी – भारतमा एक पुरुषको श्रीमती र प्रेमिका बीच बाँडफाँट भएको छ। हप्ताको ३ दिन श्रीमती र ३ दिन प्रेमिकासंग बस्ने गरी एक पुरुषको बाँडफाँट भएको हो।

Advertisement

भारतको झारखण्डको राजधानी राँचीको सदर पुलिस थानामा एक पुरुषका श्रीमती र प्रेमिकाबीच बाँडफाँटको सहमति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

Advertisement

प्रेमिकाको चक्करमा श्रीमान घर आउनै छाडेपछि श्रीमतीले प्रेमिकासंग प्रहरीको उपस्थितिमा सहमति गरेको बताइएको छ। सहमति अनुसार अब ती पुरुष हप्ताको ३ दिन श्रीमतीसँग बस्नेछन् भने ३ दिन प्रेमिकासँग बस्नेछन्। हप्ताको एक दिन भने उनले छुट्टि पाउनेछन्।

घटना शनिबारको हो। राजेश कुमार नाम गरेका पुरुषकी प्रेमिकाले प्रहरीमा प्रेमी पाँच दिन देखि आफ्नोमा नआएको उजुरी दिइन्। जसपश्चात प्रहरी पनि तनावमा पर्यो। राँचीको सदर पुलिस थानामा राजेश, उनकी प्रेमिका र श्रीमती जम्मा गराएर सम्झाउने क्रममा बाँडफाँटको सहमति भयो।

भारती संचार माध्यमहरुका अनुसार राजेशले प्रेमिकासंग पनि विवाह गरेका थिए। विगत पाँच दिन देखि राजेश नयाँ श्रीमतीकोमा नगएपछि उनले प्रहरीका उजुरी दिएकी थिइन्। जुन सहमति सम्म पुग्यो।

सहमति अनुसार हप्ताको एक दिन राजेशलाई छुट्टि छ। त्यस दिन उनले चाहेको श्रीमतीसँग बस्न पाउनेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)