हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

साझालाई दिएको तीन अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

काठमाडौं । सरकारले साझा यातायातलाई सेयर लगानीबापत प्रदान गरेको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ ।

Advertisement

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोलटाले सञ्‍चार मन्त्रालयमा यस साताका मन्त्रिपरिषद्‍का निर्णय सार्वजनिक गर्ने क्रममा निर्धारित समयमा बस सञ्‍चालन गर्न नसकेको हुँदा उक्त सेयर लगानीवापतको रकम ब्याजसहित फिर्ता लिने निर्णय गरेको जानकारी दिएका हुन् ।

Advertisement

उनले भने, ूसरकारले सेयरबापत लगानी गरेको तीन अर्ब र रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको ब्याजसहित उक्त रकम फिर्ता लिने निर्णय गरेको छ ।ूयसअघि सरकारले ०७६ को असार २८ र २९ निर्णय गरी साझा यातायातलाई तीन सय विद्युतीय बस खरिदका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

तीन सय विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उक्त रकम प्रदान गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)