हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गर्भवती महिलाका लागि झापा गाउँपालिकाको उपहार: निःशुल्क भिडियो एक्सरे, एम्बुलेन्स र नगद सहायता

झापा । झापा गाउँपालिकाले गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्ने नीति अघि सारेको छ।

Advertisement

गाउँपालिकाको १८औँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष अञ्जु देवी थपलियाले, हाल सञ्चालित प्रस्तुति सेवालाई थप व्यवस्थित बनाउँदै भिडियो एक्सरे सेवा सञ्चालनको लागि आवश्यक तयारी थालिएको जानकारी दिनुभयो।

Advertisement

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई परिमार्जन गरिने भएको छ। अबदेखि स्वास्थ्य संस्थामार्फत प्रसूति गराउने महिलाहरूलाई मातृत्व तथा बालपोषणसम्बन्धी सेवा प्राप्त गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ।

त्यस्तै, प्रसूति एम्बुलेन्स भाडा सहायता कार्यक्रम पनि निरन्तर रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। गाउँपालिकाले प्रस्तुत गरेका यी कार्यक्रमहरूले आम नागरिक, विशेषगरी गर्भवती महिला र आमाहरूको स्वास्थ्य सुरक्षामा ध्यान केन्द्रित गर्दै गुणस्तरीय सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)